अटोबाट खसेर बालकको मृत्यु

हिमाल प्रेस १२ वैशाख २०८२ २०:०९ | Friday, April 25, 2025
अटोबाट खसेर बालकको मृत्यु प्रतीकात्मक तस्बिर।

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ का १२ वर्षीय निराजन ठगुन्नाको अटोबाट खसेर मृत्यु भएको छ।

झलारी बजारबाट म १ ह १२३३ नम्बरको अटोमा बजारबाट घरतर्फ जाँदै गरेका ठगुन्ना स्टेसनपुर नजिक अटोबाट खसेका हुन्।

अटोबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बोहराले जानकारी दिए।

उनका अनुसार अटो चालक ४० वर्षीय जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १२ वैशाख २०८२ २०:०९ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast