सहरमा आज : गुलाम अलीको कन्सर्ट,  तीन गजलसंग्रह लाेकार्पणसहित हलमा छ नेपाली फिल्म

हिमाल प्रेस २ चैत २०८१ ६:२९
22
SHARES
सहरमा आज : गुलाम अलीको कन्सर्ट,  तीन गजलसंग्रह लाेकार्पणसहित हलमा छ नेपाली फिल्म

काठमाडौँ- चैतको पहिलाे शनिबार। याे वर्षकाे अन्तिम महिना पनि। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

विशेषत: आज साहित्यमा रुची हुनेका लागि नाचघरमा तीन गजलसंग्रह लाेकार्पणसहित गजलवाचन कार्यक्रम पनि हुँदैछ। स‌गीतप्रेमीका लागि बेलुका गजलकार उस्ताद गुलाम अलीकाे  सांगीतिक  कन्सर्ट पनि हुँदैछ।

त्यस्तै हलमा  ‘राजागंज’, ‘अञ्जिला’, ‘आउट लः दफा २१९’, ‘होस्टेल ३’, ‘लाज शरणम्’ र ‘रेशम फिलिली’ गरी छ नेपाली फिल्म हलमा लागिरहेकाे छ। यसबाहेक  बलिउड फिल्म ‘छावा’ र हलिउड फिल्म ‘मिकी १७’ काे पनि सीमित सो छ। त्यस्तै  मण्डला थिएटरमा  नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’ मञ्चनरत छ।

कहाँ के हुँदैछ हेराैै  विस्तृतमा

गजलकार गुलाम अलिको कन्सर्ट
आज गजलकार उस्ताद गुलाम अलीले ललितपुरको पुल्चोकस्थित द प्लाजा हलमा कन्सर्ट गर्दैछन्। कन्सर्टको नाम ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ राखिएको छ। कन्सर्टमा सहभागि हुन इसेवाबाट टिकट काट्न सकिनेछ। कार्यक्रम साधना कला केन्द्रले आयोजना गरेको हो।

राष्ट्रिय नाचघरमा तीन गजलसंग्रह ‘अन्दाज’,  ‘आगोको होली’ र ‘रुद्राक्ष’ लाेकार्पण

जमलस्थित राष्ट्रिय नाचघरमा आज तीन कृति कृति लोकापर्ण र गजल वाचन कार्यक्रम हुँदैछ। गजलकार प्रमोद थापाको ‘अन्दाज’, अन्जान यात्रीको ‘आगोको होली’ र आँचलकुमार शर्माको ‘रुद्राक्ष’ एकसाथ लोकार्पण हुन लागेको हो। अपरान्ह १२ बजे सुरु कार्यक्रम काव्य प्रेमी समूहले आयोजना गरेको हो।

मण्डलामा ‘उम्लिँदो खरानी र लेम्लेमा
मण्डलामै फागुन ९ देखि नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’ नाटक मञ्चनरत छ। भाेलिसम्म मञ्चन हुने नाटक अभिनेत्री पशुपति राईको परिकल्पना र निर्देशनमा बनेको  छ। नाटकमा लेम्लेमा पात्रमार्फत मिथकीय कथामा महिलालाई कसरी प्रस्तुत गरिएको छ भन्ने देखाइएको छ।

मिल्सन राईको लेखन रहेको नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, युवाहाङ राई, थिन्ले ल्हामो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री र बलबहादुर राईको अभिनय छ।

 

हलमा कुन कुन फिल्म?

राजागंज
चैत १ देखि हलमा फिल्म ‘राजागंज’ प्रदर्शन भइरहेको छ। दीपक रौनियारको निर्देशित फिल्ममा २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रित गर्दै बालक अपहरणको कथा प्रस्तुत गरेको छ। त्यही बालक खोज्न प्रहरीले गरेको कार्यलाई फिल्ममा देखाइएको छ। फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल लगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल, सिभिल मल, सिटी स्क्वायर मलमा फिल्मको १५ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, सिटी सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिके सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘राजागंज’ चलिरहेको अन्य हल हुन्।

अञ्जिला 

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो ‘अञ्जिला’। यो फिल्म फागुन २९ देखि हलमा चलिरहेको छ। फिल्ममा उनको बाल्यकाल, खेलप्रतिको सपना, पारिवारिक उतारचढावबीचको संघर्ष र कप्तानसम्म सफलताको कथा देखाइएको छ।एञ्जिला स्वयःको अभिनय रहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्ममा अन्य कलाकार सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायत छन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, लबिम मल, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको १८ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, सिडिसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाजमा फिल्म ‘अञ्जिला’ चलिरहेको छ।

आउट लः दफा २१९
फिल्म ‘आउट लः दफा २१९’ पनि फागुन २९ देखि हलमा प्रदर्शन भइरहेको छ। एक्सन जनरामा बनेको फिल्ममा सुशिल श्रेष्ठ मुख्य भूमिकामा छन्।  फिल्म विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको १६ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिटी सिनेमाज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिएसआर मुभिज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाजमा फिल्म ‘आउट लः दफा २१९’ प्रदर्शनरत छ।

होस्टेल ३
फागुन २३ देखि हलमा ‘होस्टेल ३’ प्रदर्शन भइरहेको छ। फिल्मले पहिलो साता ४ करोड ३२ लाख कमाएको टिमको दाबी छ।होस्टेलकै कथामा बनेको फिल्ममा सबै कलाकार नयाँ छन्। सशान कँडेलको निर्देशित फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ। फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमा फिल्मको २० सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, सिडिसी सिनेमाज, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल फिल्म ‘होस्टेल ३’ चलिरहेका अन्य हल हुन्।

मिकी १७
हलिउड फिल्म ‘मिकी १७’ फागुन २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म एडभेञ्चर र ड्रामा जनरामा बनेको छ। बोङ जुन होले निर्देशन गरेको फिल्ममा रोबर्ट प्याटिनसन, टोनी कोलेट, मार्क रफालो, स्टीवन युन, नाओमी अकीथोमस टर्गुजलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स र छाया सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, सिके सिनेमाजमा फिल्म ‘मिकी १७’ चलिरहेको छ।

लाज शरणम्
फागुन १४ देखि हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्मको ४ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, विश्वज्योति हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ।

फेरि रेशम फिलिली
निरोज महर्जनको डेब्यु निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’ मा डिभी परेपछि अमेरिका जाने तयारी गरिरहेका एक युवकको विदेश मोहलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ। फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिभिल मल र लबिम मलमा फिल्मको २ सो छ।

बलिउड ‘छावा’
बलिउड फिल्म ‘छावा’ पनि फागुन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र एक्सन जनरामा बनेको फिल्ममा विक्की कौशल र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, दरबार सिनेम्याक्स र लबिम मल बिग मुभिज, सिडिसी सिनेमाजमा फिल्म चलिरहेको छ।

प्रकाशित: २ चैत २०८१ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast