स्ववियु निर्वाचन : आज दाबी विरोध र अन्तिम नामावली प्रकाशन

हिमाल प्रेस २८ फागुन २०८१ ११:०३
10
SHARES
स्ववियु निर्वाचन : आज दाबी विरोध र अन्तिम नामावली प्रकाशन

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तालिका अनुसार बुधबार उम्मेदवारको दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरिँदैछ।

मंगलबार प्रत्यक्ष र समानुपातिक दुवै तर्फको दर्ता भएको उम्मेदवारको आज दाबी विरोध गर्ने समय दिउँसो ४ बजे सम्म तोकिएको छ। त्यसपछि बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ।

मंगलबार अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता भएको त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मनोनयन दर्ता भएको जानकारी दिए।

प्रकाशित: २८ फागुन २०८१ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast