
धनगढी- गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरकारवाला सबै मिलेर काम गरेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौँमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रीय आपतकालीन गोदामघरको रूपमा विकास गर्ने सरकारी योजना रहेको बताए।
उनले वैदेशिक सहयोगबाट प्राप्त सामग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालीन गोदामघरमा आवश्यक विपद् सामग्री उपलब्ध गराइने बताए।
सरकारले प्रदेशलाई हस्तान्तरण गरिएका आपतकालीन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकार भएको उनले बताए। गृहमन्त्री लेखकले विपद्को समयमा प्रदेश सरकारसँगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिए।
लेखकले प्रादेशिक आपतकालीन गोदामघर मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरे।