लुम्बिनीमा सुरु भो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन [तस्बिरहरू]

विनोद परियार २१ फागुन २०८१ १७:४१
96
SHARES
लुम्बिनीमा सुरु भो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन [तस्बिरहरू]

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबार चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन उद्घाटन गरिएको छ। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले एक समारोहका बीच त्रिपिटक पाठ उद्घाटन गरेका हुन्। अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरु गरिएको हो।

उद्घाटन समारोहमा सम्बोधन गर्दै उपप्रधान सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको संकेत देखापरेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा‍ ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धका उपदेश विश्वभर फैलाउन त्रिपिटक पाठ समरोह फलदायी हुने बताए। उनले त्रिपिटक पाठ बुद्धका शिक्षाहरुको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ ठूलो संख्यामा गर्दै जानुपर्ने बताए। उपाध्यक्ष लामाले आगामी दिनमा सरकार र लुम्बिनी विकास कोषले समेत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ गर्ने बताए।  उनले थेराबाद, महायान र ब्रजयान सबै एक जुट भएर बुद्धको उपदेशलाई संसारभर फैलाउन सकिने बताए।

आठौँ संघनायक नेपालका भिक्षु बोधिसेन महास्थविरले लुम्बिनी आउँदा आनन्द प्राप्त हुने बताउँदै मायादेवी मन्दिरको नामको सट्टा बुद्धभूमि राख्दा त्यसले विश्वभर सन्देश जाने सल्लाह दिए। उनले त्रिपिटक पाठ यहाँ गर्दा मायादेवी भन्दा त्यसले लुम्बिनीलाई ओझेलमा पारेको बताए।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मायादेवी परिसरसहितको क्षेत्रलाई ‘स्प्रिच्युल लाइटिङ’ बनाउने प्रतिबद्धता जनाए।

समरोहमा थाई राजगुरु, अखिल नेपाल भिक्षु महासंघका सभापति भिक्षु धम्मसोभन महास्थविर, महासचिव महासचिव भिक्षु धर्मगुप्त महास्थविर, सचिव निग्रोध महास्थविर, आइबिसिका महासचिव रिपोन्छे जगछुप छोदेन, श्रीलंकाका राजदूत चमेरा रुवांगी मुनासिंगे, थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, म्यानमारका राजदूत म्यूम्यून्ट माउङ, भिक्षु वजिरा, उपासक वाङमो डिक्सीले लुम्बिनी विश्वभरका बौद्धमार्गी र शान्तिप्रयहरुको पवित्र स्थल भएकाले त्रिपिटक पाठले बुद्धको उपदेश फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

त्रिपिटक पाठ वाचन समारोहमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, बोर्ड सदस्य श्याम रोक्का, राजेश शाक्य, विभिन्न देशबाट आएका भिक्षु, लामा, उपासक उपासिका, स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता थियो ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थका रुपमा त्रिपिटकलाई लिन्छ । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी तीन ग्रन्थ मिलाई बनाइएको ग्रन्थलाई त्रिपिटक भनिन्छ। त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो।

हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ। यो ग्रन्थ पाली भाषामा लेखिए पनि धार्मिक प्रभावअनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ  आगामी २५ गतेसम्म चल्ने त्रिपिटक पाठ समारोहमा वर्षाका कारण मायादेवी परिसरमा गरिने भनिएको त्रिपिटक वाचन बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ हुने प्रचार प्रसार संयोजक भिक्षु बिमलो स्थविरले जानकारी दिए।

 

तस्बिरहरू : विनोद परियार

प्रकाशित: २१ फागुन २०८१ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast