पोखरा– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन्।
१२ औँ नेपाल लिटरेचर फेस्टिभलको आइतबार अन्तिम सत्रमा ‘अग्नि जलनमा मलम’ विषयक संवादमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले पनि त्यो बनाउनैपर्ने बताए।
‘पोखरामा अब एक वर्षभित्र सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडाकै अवस्थामा मैले डाक्टर सा’बलाई भनेको छु,’ उनले भने, ‘क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ। कम्तीमा तीनवटा विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय प्रोटोकलमा पनि पर्ने भएकाले बाध्यात्मक हिसाबले सुविधासम्पन्न युनिट अथवा अस्पताल बनाउनुपर्छ भन्ने प्रतिबद्धता मेरो छ।’
पोखराका मेयर आचार्य गत ३ फागुनमा पोखरा भ्रमण वर्ष–२०२५ उद्घाटनका क्रममा बेलुन विस्फोटमा घाइते भएका थिए। उनीसँगै घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।
पोखरामा जलनको उपचार हुने पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्रोत साधनयुक्त बनाउन आवश्यक रहेको मेयर आचार्यले बताए। कीर्तिपुर अस्पतालले दिएजस्तै सेवा प्रदेश सदरमुकाममा ल्याउने सरकारको योजना सफल हुन आवश्यक रहेको उनको भनाइ थियो। जलनसम्बन्धी सचेतना र प्राथमिक उपचारबारे विद्यालयदेखि नै सिकाउन आवश्यक रहेको मेयर आचार्यले बताए। जलनको विषय विद्यालय तहको पाठ्यपुस्तकमा समेट्न पाठ्यक्रम विकास केन्द्रसँग पहल गर्ने उनले प्रतिबद्धता जनाए।
कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन विभाग निर्देशक डा. किरण नकर्मीले नेपालमा जलनका ७० प्रतिशत घटना घरभित्रै हुने गरेको सुनाए। देशभर ९० केन्द्र भएमा जलनको प्राथमिक उपचार घटना भएको दुई घण्टाभित्रै गर्न सकिने उनले बताए।
‘जल्नेबित्तिकै हेल्थ पोष्ट, जिल्ला अस्पतालमा उपचार गर्न सकिन्छ। देशभर ९० वटा केन्द्र भएमा २ घण्टामा प्राथमिक उपचार पाउन सकिन्छ,’ उनले भने, ‘त्यसपछि २० प्रतिशत जलेका घटना प्रादेशिक अस्पतालमा गर्न सकिन्छ र त्योभन्दा बढी भए केन्द्रमा लैजान सकिन्छ।’
कीर्तिपुर अस्पतालमा जलन उपचारका लागि हाल ३५ शय्या रहेको र २ वर्षभित्र ७० शय्याको नेपाल जलन उपचार केन्द्र बनाउने योजना रहेको उनले सुनाए।
घटना घटिसकेपछि आत्तिन नहुने भन्दै डा. नकर्मीले केही प्राथमिक उपचारका उपाय सुझाए। ‘आगो लागेपछि आत्तिएर भाग्न हुँदैन। भुइँमा लड्नुपर्छ। लडीबुडी गर्नुपर्छ। जिउमा भएको लुगा र गहना खोल्नुपर्छ,’ उनले थपे, ‘तातोपना घुम्सिएर घाउ गहिरो हुन्छ। पोलेको ठाउँमा पानी खन्याउनुपर्छ। त्यसले घाउ गहिरो हुँदैन।’
जलनविरुद्धका अभियान्ता उज्वलविक्रम थापाले वार्षिक ७० हजार नेपालीले व्यहोनुपर्ने अमानवीय नरसंहाररूपमा यसलाई व्याख्या गरे। दुर्घटना जुनसुकै समय हुनसक्ने भन्दै थापाले पहिल्यै सचेत हुन उनले आग्रह गरे।
‘मनुष्य जलेपछि कति पीडादायी हुन्छ भन्ने कुरा हरेक व्यक्तिको समान हुन्छ। एउटै गल्तीले जल्ने गर्छन्। मलाई हुँदैन भन्ने भ्रममा नबाँच्नुहोला। कसैलाई पनि कुनै समय पर्न सक्ने भएकाले यसलाई रोग होइन दुर्घटना भनिएको हो,’ थापाले भने।
आगोसँग नजिक हुने श्रमिकको बीमा गरिदिन उनले व्यवसायीलाई आग्रह गरे। पेट्रोल पम्पमा मोबाइल नचलाउन, जन्मदिनमा प्रज्वलनशील वस्तु प्रयोग नगर्न, भान्सामा हुँदा सामाजिक सञ्जालमा व्यस्त नहुन, कोठामा हिटर बालेर नछोड्न अभियन्ता थापाले सुझाव दिए।
बुक वर्म फाउण्डेशन आयोजनामा फेवाताल किनार वाराहीघाटमा ४ दिनसम्म चलेको लिटरेचर फेस्टिभल आइतबारदेखि समापन भएको छ। यस अवधिमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम भएको फेस्टिभल निर्देशक अजीत बरालले बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन्।