होली खेल्ने क्रममा जनकपुरमा छुरा हानाहान, एकको मृत्यु

हिमाल प्रेस २ चैत २०८१ १९:२० | Saturday, March 15, 2025
होली खेल्ने क्रममा जनकपुरमा छुरा हानाहान, एकको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- जनकपुरमा होली खेल्ने क्रममा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा छुरी प्रहारबाट स्थानीय पप्पु यादवका छोरा १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो।

आँशुमाथि छुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले छुरी हान्ने धर्मेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए।

होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद भएपछि धर्मेन्द्रले आँशुमाथि छुरी प्रहार गरेको खुल्न आएको डीएसपी सिंहले बताए। उनका अनुसार साँझ पाँच बजेतर्फ बिन्धी चोकमा घटना भएको हो।

‘होली खेल्ने क्रममा रमाइलो गरिरहेको बुझिएको छ। त्यही क्रममा विवाद भएपछि धर्मेन्द्रले आँशुमाथि छुरी प्रहार गरेको खुल्न आएको छ,’ उनले हिमालप्रेससँग भने।

धर्मेन्द्र र आँशुले मादक पदार्थ सेवन गरेको बारे चिकित्सीय परीक्षण भइरहेको प्रहरीले जनाएको छ।

मधेशका अधिकांश जिल्लामा शुक्रबार नै होली मनाइए पनि जनकपुरधाममा भने शनिबार मनाइएको छ।

प्रकाशित: २ चैत २०८१ १९:२० | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast