होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

हिमाल प्रेस १ चैत २०८१ २०:४३ | Friday, March 14, 2025
होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

काठमाडौँ- मधेश प्रदेशमा होली पर्वको मौका छोपी ट्राफिक नियम उल्लंघन गर्ने ३१७ सवारीसाधन कारबाहीमा परेका छन्।

प्रहरीले शुक्रबार ट्राफिक नियम उल्लंघन गर्ने ३१७ सवारीसाधन र ५७ जनालाई कारबाही गरेको हो।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी सर्लाही जिल्लामा १०२ सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीमा परेका सबै सवारीसाधन दुई चक्के रहेका मधेश प्रहरीका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए।

त्यस्तै सिरहामा ८० दुईचक्के र २ चारचक्के गरी ८२ सवारीसाधनलाई कारबाही गरिएको छ। बारामा ६२, महोत्तरीमा ५१, सप्तरीमा ७, धनुषामा २, रौतहटमा ६ र पर्सामा ४ सवारीसाधन कारबाहीमा परेका छन्।

शुक्रबार मधेशका आठ जिल्लामा ३५ सवारी दुर्घटनामा ९९ जना घाइते भएका प्रहरीले जनाएको छ। सबैभन्दा बढी महोत्तरी र सर्लाहीमा ९–९ सवारी दुर्घटना भएका छन्।

होली पर्व मनाउने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने, मापसे गर्ने, झैँझगडा तथा हो–हल्ला गरी शान्ति सुरक्षा खल्बलाउन खोज्ने मानिस तथा सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले जानकारी दिए।

नियन्त्रणमा लिइएकाहरूमाथि गल्तीअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ चैत २०८१ २०:४३ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast