वृन्दावनमा चक्कु प्रहारबाट हजुरबा-नाती घाइते

हिमाल प्रेस १३ चैत २०८१ ८:४४ | Wednesday, March 26, 2025
वृन्दावनमा चक्कु प्रहारबाट हजुरबा-नाती घाइते

काठमाडौँ- रौतहटको वृन्दावन नगरपालिका-६ मा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका छन्।

स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाइते भएका छन्। हजुरबुबा जोगाउन गएका उनका नाति राजाबाबु माथि अर्का एक स्थानीय युवक अभिनाश पटेलले बन्चरो प्रहार गर्दा उनलाई पनि गम्भीर घाइते बनाएको रौतहट प्रहरीले जनाएको छ।

हजुरबुवा र नाति दुवै जनाको ज्यान लिने उद्देश्यले हमला भएको पीडित परिवारको आरोप छ। घाइते दुवै जनाको वीरगन्जमा उपचार भइरहेको छ।

प्रकाशित: १३ चैत २०८१ ८:४४ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast