रौतहट- माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए। नेकपा माओवादी केन्द्रबाट उनी निर्वाचित भएका थिए।
प्रकाशित: १७ फागुन २०८१ १२:१७ | Saturday, March 1, 2025
प्रतिक्रिया





