गोरखामा एसईई दिएका किशोरको बूढीगण्डकीमा डुबेर मृत्यु

हिमाल प्रेस १४ चैत २०८१ ७:२३ | Thursday, March 27, 2025
गोरखामा एसईई दिएका किशोरको बूढीगण्डकीमा डुबेर मृत्यु सांकेतिक तस्बिर।

तनहुँ- गोरखामा एसईई दिइरहेका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ।आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

‘आरुघाट–४ थुमीमा एसईई दिन आएका उनी आज साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्द शव फेला पारेको हो।’

खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। रासस

प्रकाशित: १४ चैत २०८१ ७:२३ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast