क्रिकेट खेल्न गएका बालकको डुबेर मृत्यु

हिमाल प्रेस ९ चैत २०८१ १७:०४ | Saturday, March 22, 2025
क्रिकेट खेल्न गएका बालकको डुबेर मृत्यु प्रतीकात्मक तस्बिर।

जलेश्वर– महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।

एकडारा गाउँपालिका–४ का श्रवण यादवका १० वर्षीय छोरा आलोककुमारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताए।

गाउँका साथीहरुसँग सोही पालिका–३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोक खेल मैदान नजिकको पोखरीमा डुबेका उनले जानकारी दिए।

प्रकाशित: ९ चैत २०८१ १७:०४ | Saturday, March 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast