कुलमानको रिट सर्वोच्चमा दर्ता

हिमाल प्रेस १४ चैत २०८१ १६:४८ | Thursday, March 27, 2025
कुलमानको रिट सर्वोच्चमा दर्ता
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेकाअनुसार बुधबार पेस भएको घिसिङको रिट निवेदन बिहीबार दर्ता भएको हो। रिटमाथि आगामी शुक्रबार सुनुवाइ हुने जनाइएको छ।

रिट निवेदनमा भनिएको छ, ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय र सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशले बदर गरी उपरोक्त निर्णय एवं पत्र र कारबाहीको आधारमा निवेदकलाई नियुक्ति मितिदेखि चार वर्षको अवधि अगावै सेवाबाट हटाउने कार्य नगर्नु र सेवामा रही नियमित कामकाज गर्न नरोक्नु नरोकाउनु, कुनै बाधा व्यवधान नगरी यथावत काम कारवाही गर्न दिनु।’

चार महिना कार्यकाल बाँकी रहँदा गत सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

प्रकाशित: १४ चैत २०८१ १६:४८ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast