एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

हिमाल प्रेस १ चैत २०८१ १७:५७ | Friday, March 14, 2025
एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

मलंगवा – सर्लाहीको मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत मलंगवा–४ मा एम्बुलेन्सले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गम्हरियाबाट मलंगवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिए।

घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उनले बताए।

एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नम्बर खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ चैत २०८१ १७:५७ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast