एकै विद्यालयका ८ जुम्ल्याहा विद्यार्थी एसईईमा

हिमाल प्रेस ८ चैत २०८१ १३:५८ | Friday, March 21, 2025
एकै विद्यालयका ८ जुम्ल्याहा विद्यार्थी एसईईमा

सुन्दरहरैँचा- मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयका ८ जना जुम्ल्याहा विद्यार्थीले एसईई दिइरहेका छन्। यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसईई दिइरहेका र जसमध्ये ८ जना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए।

विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन संख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ। २०२९ सालमा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो।

प्रदेशकै नमुना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा प्लस टूमासहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए। कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन्।

प्रकाशित: ८ चैत २०८१ १३:५८ | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast