तीनकुने घटनामा सरकारको कमजोरी देखिएको समाजवादी मोर्चाको ठहर

हिमाल प्रेस १८ चैत २०८१ १३:०८ | Monday, March 31, 2025
तीनकुने घटनामा सरकारको कमजोरी देखिएको समाजवादी मोर्चाको ठहर

काठमाडौँ- समाजवादी मोर्चाले काठमाडौँको तीनकुनेमा शुक्रबार भएको घटनामा सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको छ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको मोर्चाको बैठकले तीनकुने घटनामा सरकारको कमजोरीका कारण ठूलो जनधनको क्षति भएको भन्दै आगामी निदमा यस्ता घटना दोहरिन नदिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए।

बैठकले हिंसात्मक आन्दोलनले पुर्‍याएको क्षतिको पूर्तिका लागि सरकारसँग आग्रह गरिएको र राजावादीहरुबाटै क्षतिपूर्ति भराउनुपर्ने गरी माग गर्ने पनि उनले बताए।

संघीय लोकतान्त्रिक गणतन्त्र विदेशी प्रतिक्रियावादी र देशका प्रतिगामी तत्त्वहरुलाई मन नपरेको भन्दै उनले सशक्त प्रतिवाद गर्ने निर्णय भएको बताए।

प्रकाशित: १८ चैत २०८१ १३:०८ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast