
काठमाडौँ- फागुनको पहिलो शनिबार। केही समय यता हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ।
जो फुर्सदमा हुनुहुन्छ उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। सधैँझैँ यो साता के कस्ता कार्यक्रम हुँदै छन् त, हेरौं।
हलमा नेपाली, बलिउड र हलिउड गरी सात फिल्म
रंगी
फागुन २ देखि नै हलमा फिल्म ‘रंगी’ प्रदर्शन भइरहेको छ। बाबुछोरीको सम्बन्धमा आधारित फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुरेश न्यौपाने हुन्।
शनिबार उपत्यको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मल, दरबार सिनेप्लेक्स, छाया सेन्टर र लबिम मलमा फिल्मको ८ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हल र कलंकी हलमा फिल्म प्रदर्शन भइरहेको छ।
दुखी आत्मा
फागुन पहिलो सातादेखि हलमा फिल्म ‘दुखी आत्मा’ प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा छन्। यौन विषयमा आधारित फिल्मका निर्देशक दीपेन्द्र लामा हुन्। शनिबार उपत्यको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, सिटी स्वायर मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र लबिम मलमा फिल्मको २३ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, सिडिसी सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, एफक्यूब सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हल र कलंकी हलमा फिल्म चलिरहेको छ।
छावा
बलिउड फिल्म ‘छावा’ पनि फागुन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र एक्सन जनरामा बनेको फिल्ममा विक्की कौशल र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको २६ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सिडिसी सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, एफक्यूब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।
क्याप्टेन अमेरिका : व्रेभ न्यू वल्रड
त्यस्तै हलिउड फिल्म ‘क्याप्टेन अमेरिकाः व्रेभ न्यू वल्र्ड’ पनि फागुन २ देखि नै हलमा प्रदर्शन भइरहेको छ। साम विल्सनको मुख्य भूमिका रहेको फिल्म एक्सन एडभेञ्चर जनरामा बनेको छ। शनिबार उपत्यको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, सिटी स्क्वायर मल, सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल र दरबार सिनेमाजमा फिल्मको ३२ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिटी सिनेमाज, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।
ममी
माघ २६ देखि हलमा फिल्म ‘ममी’ प्रदर्शन भइरहेको छ। हरर, फ्यामिली र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक समर निरौला हुन्। फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकालगायतका कलाकारको अभिनय छ। उपत्यकामा शनिबार बिग मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।
देव
माघ १८ देखि प्रदर्शन भएको फिल्म ‘देव’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, थ्रिलर जनरामा बनेको छ। उपत्यको क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार दरबार सिनेम्याक्स, लबिम मल र सिभिल मलमा फिल्मको तीन सो छ।
एक्टर : टेक वान
माघ १८ देखि हलमा फिल्म फिल्म ‘एक्टर : टेक वान’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक राजन भुसाल हुन्। सुपरस्टार बन्ने एक्टरको कथा प्रस्तुत गरिएको फिल्ममा कलाकार प्रदीप खड्का, दिव्या रायमाझी, आना शर्मा मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, सिके सिनेमाजमा फिल्म चलिरहेको छ।