सहरमा आज : हलमा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ को भिडन्त, शिल्पीमा ‘विमोक्ष’ मञ्चन

सुस्मिता बजगाईं २० फागुन २०७९ ७:०३
38
SHARES
सहरमा आज : हलमा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ को भिडन्त, शिल्पीमा ‘विमोक्ष’ मञ्चन

काठमाडौँ- शनिबार बिदाको दिन रमाइलो गर्न चाहनेका लागि उपत्यकाका फिल्म हल, नाटकघर आदि उपयुक्त गन्तव्य हुन सक्छन्। सिनेमा हलमा नेपालीदेखि अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नाट्यघरहरूमा विभिन्न नाटक मञ्चन हुँदैछन्।

‘अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव–२०७९’ यो साता नै चलिरहेको छ। विभिन्न घटनाक्रमका साथै भूराजनीतिक तथा आर्थिक यथार्थका भाष्य र इतिहाससम्बन्धी तस्बिर त्यहाँ निःशुल्क हेर्न सकिनेछन्। यस्ता छन् शनिबार प्रदर्शन हुने फिल्म, मञ्चन हुने नाटकः

शिल्पीमा ‘विमोक्ष’

काठमाडौँ, बत्तीसपुतलीस्थत शिल्पी थिएटरमा ‘विमोक्ष’ मञ्चन भइरहेको छ। नाटककार घिमिरे युवराजद्वारा लिखित नाट्यपुस्तक ‘विमोक्ष’मा आधारित नाटकका निर्देशक प्रवीण खतिवडा हुन्। चैत १८ सम्म चल्ने नाटकमा सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामी लगायतको अभिनय छ। दिउँसो साढे १  र बेलुका सवा ५ मा गरी नाटकका दुई शो छन्।

मण्डलामा ‘मुनमुन’

काठमाडौँ, थापागाउँस्थित मण्डला नाटकघरमा फागुन ५ यता ‘मुनमुन’ मञ्चन भइरहेको छ। आज नाटक मञ्चनको अन्तिम दिन हो। लेखक बुद्धि सागरको ‘फिरफिरे’ उपन्यासबाट प्रेरित नाटकको लेखन र निर्देशन सम्राट भुजेलले गरेका हुन्।

नाटकमा कलाकार मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, प्रवीण खरेल, सन्तोष गिरी, प्रशंसा शिवाकोटीलगायत कलाकारको अभिनय छ। शनिबार दिउँसो साढे १ बजे र सवा ५ बजे गरी दुईपटक मञ्चन हुनेछ।

अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव २०७९

ललितपुर, पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा पाँचौँ ‘अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव–२०७९’ चलिरहेको छ। फोटो काठमाडौँको आयोजनामा फागुन १२ देखि जारी महोत्सव चैत १७ सम्म चल्नेछ। महोत्सवमा निःशुल्क प्रवेश गर्न पाइन्छ। महोत्सवमा १६ देशका ६० भन्दा बढी फोटोग्राफरका सिर्जना राखिएका छन्। नेपाल, भारत, बंगलादेश, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, बेलायतलगायत देशका चर्चित फोटोग्राफरका फोटो प्रदर्शनीमा छन्।

कुन हलमा कुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘छक्का पञ्जा ४’, ‘छड्के २.०’ र ‘फूलबारी’ प्रदर्शन भइरहेका छन्। अंग्रेजीमा ‘क्रिड ३’ र ‘एन्ट–म्यान एन्ड द वास्पः क्पान्टुमेनिया’ चलिरहेको छन्।

‘छक्का पञ्जा ४’

फागुन १९ देखि देशभर ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ। फिल्म राजनीति विषयमा आधारित छ। हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिसा हमाल, बुद्धि तामाङ, मलिना जोशी, राज आचार्य, नीर शाहलगायत कलाकारको अभिनय छ।

शनिवार उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गतका सम्पूर्ण हलमा बिहान साढे ७ बजेदेखि राति सवा ९ बजेसम्म यो फिल्मका थुप्रै शो छन्।

काठमाडौँ, दरबारमार्गमा रहेको दरबार सिनेमा हल, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, ललितपुरस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मल क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिनेमा हल हुन्।

त्यस्तै, उपत्यकाको बौद्धस्थित एफसीयूबीई सिनेमा, गोंगबुस्थित लोत्से मल, कमलपोखरीको बिग मुभिज, सुन्धारास्थित सीटीसी मल, नयाँ बानेश्वरस्थित आइप्लेक्स मल, दरबारमार्गस्थित क्यूएस सिनेमाघर, कालीमाटी ट्रेड सेन्टरस्थित वान सिनेमाघर, पांगास्थित कीर्तिपुर सिने कम्प्लेक्स र सीतापाइलाको अनुपम मलमा अवस्थित सीके सिनेमाघर, बागबजारस्थित सिटीम्याक्स सिनेमामा पनि यो फिल्म लागिरहेको छ।

‘छड्के २’

फिल्म ‘छड्के २’ फागुन १९ देखि देशभर प्रदर्शन भइरहेको छ। एक्सन जनरामा  बनेको फिल्म ग्याङ फाइटको कथालाई समेटेको छ। निगम श्रेष्ठ निर्देशित फिल्ममा अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले, सिर्जना सुब्बालयागत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सबै हलमा फिल्म प्रदर्शन भइरहेको छ। फिल्मले बिहान साढे ७ देखि राति साढे ८ बजेसम्मको शो पाएको छ।

त्यस्तै  बौद्धस्थित एफसीयूबीई सिनेमा, गोंगबुस्थित लोत्से मल, कमलपोखरीस्थित बिग मुभिज, सुन्धारास्थित सीटीसी मल, नयाँ बानेश्वरस्थित आइप्लेक्स मल, दरबारमार्गस्थित क्यूएस सिनेमाघर, कालीमाटी ट्रेड सेन्टरस्थित वान सिनेमाघर, पांगास्थित कीर्तिपुर सिनेकम्प्लेक्स र सीतापाइलाको अनुपम मलमा अवस्थित सिके सिनेमाज, बागबजारस्थित सिटीम्याक्स सिनेमामा पनि प्रदर्शन भइरहेको छ।

‘फूलबारी’

फागुन ५ मा प्रदर्शनमा आएको ‘फूलबारी’ अहिले पनि हलमा लागिरहेको छ। पारिवारिक कथामा बनेको फिल्ममा मुख्य कलाकार विपिन कार्की र अरुणा कार्की छन्। अन्य कलाकार दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्केलगायत कलाकारको अभिनय छ। फिल्ममा रामबाबु गुरुङको निर्देशन, उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कथा रहेको छ।

शनिबार क्यूएफएक्स सिनेमाघरअन्तर्गत भक्तपुरस्थित क्यूएफएक्स, ठमेलको छाया सेन्टर, ललितपुरस्थित लबिम मल, सुन्धाराको सिभिल मलमा फूलबारी फिल्म प्रदर्शन भइरहेको छ।

बौद्धस्थित एफसीयूबीई, गोंगबुस्थित लोत्से मल, कमलपोखरीस्थित बिग मुभिज, कालीमाटी ट्रेड सेन्टरस्थित वान सिनेमाघरमा ‘फूलबारी’ले शो पाएको छ।

‘क्रिड ३’

फागुन १९ अर्थात ३ मार्च देखि अंग्रेजी फिल्म ‘क्रिड ३’ विश्वभर प्रदर्शन भइरहेको छ। यो फिल्म खेलकुद जनरामा बनेको छ। माइकल बी जोर्डनको निर्देशनमा बनेको फिल्ममा जोर्डनसहित टेसा थोम्पसन, जोनाथम मेजर्सलगायत कलाकारको अभिनय छ।

‘क्रिड ३’ दरबार सिनेमा हल, छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, ललितपुरस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा प्रदर्शनरत छ। जसमा बिहान सवा ८ देखि राति सवा ९ बजेसम्मको शो छ।

बौद्धस्थित एफसीयूबीई सिनेमा, गोंगबस्थित लोत्से मल, सुन्धारास्थित सीटीसी मल, नयाँ बानेश्वरस्थित आइप्लेक्स मल, दरबारमार्गस्थित क्यूएस सिनेमाघर, कालीमाटी ट्रेड सेन्टरस्थित वान सिनेमाघरमा पनि ‘क्रिड ३’ प्रदर्शनरत छ।

‘एन्ट-म्यान एन्ड द वास्पः क्पान्टुमेनिया’

अंग्रेजी फिल्म ‘एन्ट–म्यान एन्ड द वास्प : क्पान्टुमेनिया’ फागुन ५ देखि नेपालका हलमा प्रदर्शन भइरहेको छ। पेटन रिडले निर्देशन गरेको फिल्म कमेडी एक्सन र एड्भेन्चर जनरामा बनेको छ। फिल्ममा मुख्य कलाकार पल रड, जोनाथन मेजर्सलगायत कलाकार छन्। फिल्म ललितपुरस्थित लबिम मलमा बेलुका ५ बजे हेर्न सकिन्छ।

प्रकाशित: २० फागुन २०७९ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =