फागुनका लागि वाणिज्य बैंकले तोके ब्याजदर

हिमाल प्रेस ३० माघ २०८१ १२:००
12
SHARES
फागुनका लागि वाणिज्य बैंकले तोके ब्याजदर

काठमाडौँ- फागुनका लागि वाणिज्य बैंकहरूले ब्याजदर तोकेका छन्। अधिकांश बैंकहरूले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। फागुनमा पनि २० मध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन्। माघ महिनामा औषतमा ६.००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशतविन्दु नै रहेको छ।

फागुनमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्। फागुनमा लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएका छन्। फागुनका लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६।६ प्रतिशत छ।

नबिल बैंकले फागुनका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। एनआईसी एसिया बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

ग्लोबल आइएमई बैंकले पनि फागुनका लागि ब्याजदर बढाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.५० प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ। माघका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम राखेको छ।

नेपाल बैंकले फागुनका लागि व्यक्तिगततर्फ अधिकतम ५.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ४.१५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ। स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेप र संस्थागततर्फको फागुन महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। सानिमा बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ।

प्रभु बैंकले पनि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। एभरेष्ट बैंकले पनि फागुन महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ।

सिटिजन्स इन्टरनेशनल बैंकले फागुन महिनाका व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ। राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३।५ प्रतिशत ब्याजदर तोकेको छ।

प्राइम कमर्सियल बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६।२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ।

लक्ष्मी सनराइज बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ। सिद्धार्थ बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ।

एनएमबी बैंकले पनि फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ। हिमालयन बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। कृषि विकास बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

माछापुच्छ्रे बैंकले फागुनका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। कुमारी बैंकले पनि माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ।

प्रकाशित: ३० माघ २०८१ १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast