‘केवलकार विवाद वार्ताबाट समाधान गरौँ’

हिमाल प्रेस २८ माघ २०८१ २१:०६
12
SHARES
‘केवलकार विवाद वार्ताबाट समाधान गरौँ’

मोरङ– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङ केबलकार विवाद वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरले सोमबार आयोजना गरेको मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले यो विवादमा दुवै पक्षले एकअर्कालाई सम्मानका साथ मिलेर समाधान गर्न आग्रह गरे।

अध्यक्ष मगरले उक्त स्थानमा भएका घटनाका सम्बन्धमा अनुगमन गरी विज्ञप्तिसमेत जारी गरेको जानकारी दिए। उनले आयोगमा आएको नागरिकतासम्बन्धी उजुरीलाई सम्बन्धित ठाउँमा पठाइ समस्या समाधान गरेको बताए।

कार्यक्रममा आयोगका सचिव मुरारीप्रसाद खरेल र प्रदेश कार्यालयका प्रमुख बिरबहादुर वुढामगरले आयोग प्रत्येक घटनाप्रति जानकार रहेको र अनुसन्धान गरी कारवाहीका लागि काम गरिरहेको बताए।

कार्यक्रममा अनौपचारिक सेवा केन्द्र (इन्सेक) का कोशी संयोजक मनोहर पोखरेल, सिविनका वासु अधिकारी, अपाङ्गता संस्थाका चेतनाथ पोखरेल, सञ्चारकर्मी मोहन मानन्धर, किशोर वुढाथोकी, प्रेम देवानलगायतले आयोगले एकल महिला, बालबालिकाका, नागरिकता समस्या समाधान गर्न र सञ्चारमाध्यममा आएका मानवअधिकार उल्लंघनका घटनामा आवश्यक अनुगमन गर्न सुझाव दिए।

प्रकाशित: २८ माघ २०८१ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast