अमेरिकी डलर हालसम्मकै महँगो रेकर्डमा, एक डलर बराबर १३९.६५ रुपैयाँ

हिमाल प्रेस २४ माघ २०८१ ६:२०
4
SHARES
अमेरिकी डलर हालसम्मकै महँगो रेकर्डमा, एक डलर बराबर १३९.६५ रुपैयाँ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ।

त्यसैगरि आज कुबेती र बहराइन दिनार, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्रा महँगिएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ २५ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ६२ पैसा थियो। त्यसैगरी आज युरो एकको खरिददर एक सय ४५ रुपैया ४९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ११ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ५२ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ १४ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७५ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८७ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ३५ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ र बिक्रीदर ८८ रुपैयाँ १४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ३२ र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा थियो।

प्रकाशित: २४ माघ २०८१ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast