बीपी राजमार्गको थालियो मर्मत

हिमाल प्रेस ३० माघ २०८१ ११:२२ | Wednesday, February 12, 2025
बीपी राजमार्गको थालियो मर्मत फाइल तस्बिर

काठमाडौँ- बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा मर्मत थालिएको छ।

सडक विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो। क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक पुनःनिर्माण सुरु भएको हो।

भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले क्षतिग्रस्त १४ स्थानमा मर्मत थालिएको जानकारी दिँदै भने, ‘हाल हामीले बीपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौँ, यो मार्गमा यातायात अवरुद्ध हुन नदिने लक्ष्य छ। आवश्यक परे राति पनि काम गर्छौ।’

प्रकाशित: ३० माघ २०८१ ११:२२ | Wednesday, February 12, 2025

प्रतिक्रिया

One thought on “बीपी राजमार्गको थालियो मर्मत

Leave a Reply to Ramesh Aacharya Cancel reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast