बालमन्दिरको जग्गा हिनामिनाबारे आयोगले थाल्यो अनुसन्धान

हिमाल प्रेस २ फागुन २०८१ ११:२२ | Friday, February 14, 2025
बालमन्दिरको जग्गा हिनामिनाबारे आयोगले थाल्यो अनुसन्धान

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा भाडामा लगाउँदा भएको अनियमितताका सम्बन्धमा छानबिन थालेको छ। तत्कालीन अध्यक्ष रीतासिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा उनीउपर मुद्दा नचलाउने भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले छानबिन थालेको हो।

‘आयोगले उक्त घटनाको स्वविवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको छ’, आयोगका प्रवक्ता टीकाराम पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै आयोगले बालमन्दिरको जग्गाका सम्बन्धमा उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको छ।

प्रकाशित: २ फागुन २०८१ ११:२२ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast