सामाजिक सञ्जालसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दैन : उपमहासचिव ज्ञवाली

हिमाल प्रेस १६ माघ २०८१ १६:२७
14
SHARES
सामाजिक सञ्जालसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दैन : उपमहासचिव ज्ञवाली फाइल तस्बिर।

लुम्बिनी– नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन गर्ने विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सामाजिक सञ्जालमा स्वतन्त्रताका नाममा भएका अराजकता नियमन गर्न विधेयक आएको बताएका हुन्।

उनले व्यक्तिको चरित्र हत्या गर्ने, जीवितलाई मृत बनाउने जस्ता क्रियाकलाप नियन्त्रण गर्ने गरी विधेयक ल्याइएको स्पष्ट पारे। उनले आलोचना गर्ने, अभिव्यक्ति गर्ने अधिकार कुण्ठित नहुने स्पष्ट पार्दै नियन्त्रण गर्ने प्रावधानको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेर मात्रै अगाडि बढ्न आफूले पनि सुझाव दिने बताए।

पूर्वमन्त्री समेत रहेका ज्ञवालीले राजनितिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताए। उनले निर्वाचन लगत्तै प्रचण्ड नेतृत्वमा एमालेले सरकार बनाउन सहकार्य गरेको तर, जादुमय नम्बर भन्दै प्रचण्डले षडयन्त्र गर्न थालेपछि काँग्रेस–एमाले गठबन्धन बनेको बताए।

ज्ञवालीले सहकारीको बेथिति नियन्त्रण, १४ हजार बचतकर्ताको रकम फिर्ता, सहकारीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने काम वर्तमान सरकारले गरेको बताए।

‘सरकारले कसैको मुख नहेरी सहकारीमा काम गरेको छ, रास्वपाले भनेजस्तो प्रतिशोध साँधिएको छैन,’ उनले भने। रास्वपासँग एमालेको कुनै प्रतिस्पर्धा नरहेकाले प्रतिशोध साँध्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे।

उनले वर्तमान सरकारले जनतामा आशा र भरोसा दिने काम गरिहेको बताए।बलियो सरकार बनेकै कारण अस्थिरताका खेलाडीहरूले चलखेल गर्न नसकेको उनको भनाइ थियो।

‘काँग्रेस र एमालेबीच कुनै वैमनस्यता छैन। अस्थिरताको संवाहकले फैलाएको जस्तो सरकार ढल्दैन,’ उनले भने।

नेता ज्ञवालीले देशकै सर्वोच्च पदमा पुगेका व्यक्ति दलको सक्रिय राजनीतिमा आउने कुरा आमनेपालीले चाहेको विषय नभएको बताए।

एमालेमा विद्या भण्डारी र माओवादीमा नन्दकिशोर पुन राजनीतिमा आउने गरी तयारी भएको विषय बाहिर आएको विषयमा एमालेको धारणाका बारेमा पत्रकारले सोधेको प्रश्नको ज्ञवालीले त्यसो भए गलत हुने बताए।

प्रकाशित: १६ माघ २०८१ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast