एमिलीलाई ४७१ दिनपछि मिलेको खुसी

हिमाल प्रेस ७ माघ २०८१ १३:०९
14
SHARES
एमिलीलाई ४७१ दिनपछि मिलेको खुसी इजरायलद्वारा रिहा गरिएका ९० जना बन्दी बोकेको रेडक्रसको बसभित्र विजयको चिह्न देखाउँदै एक प्यालेस्टिनी महिला। तस्बिर : एएफपी/रासस

काठमाडौँ- एमिली डामारीको मुस्कानले उनी स्वतन्त्र भएको स्पष्ट देखिन्थ्यो। अपहरणमुक्त भएपछि उनले आमालाई अँगालो हालिन्। भिडियो कलमा आफ्नो भाइसँग कुरा गरिन्। आमाछोरी खुसीले चम्किरहेका छन्। गाजामा उनको बन्धक अवस्थाको अन्धकारपछि परिवारको पुनर्मिलन भएको बीबीसीले जनाएको छ।

ब्रिटिस-इजरायली नागरिक एमिलीलाई ७ अक्टोबर २०२३ मा इजरायलको दक्षिणी क्षेत्रबाट उनको घरमा गोली हानी अपहरण गरिएको थियो। इजरायल र हमासबीचको युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिएका पहिलो तीन बन्धकहरूमा २८ वर्षीया एमिली एक हुन्। उनी ४७१ दिनपछि मुक्त भएकी छन्।

उनकी आमा म्यान्डीले छोरीको रिहाइका लागि लामो समयसम्म अभियान चलाइन्। उनले अब आफ्नो लक्ष्य पूरा भएको बताएकी छन्। ‘४७१ दिनपछि एमिली अन्ततः घर फर्किइन्’, म्यान्डी डामारीले वक्तव्यमा लेखेकी छन्।

उनले छोरीलाई मुक्त गर्न सघाउने सबैलाई धन्यवाद दिएकी छन्। एमिली डामारीसहित रोमी गोनेन र डोरोन स्टाइनब्रेखर पहिलोपटक रिहा गरिएका बन्धक हुन्। उनीहरूका आँसु र खुसीले अभिभूत हुँदै आफ्ना परिवारसँग पुनर्मिलन भएको तस्बिरले इजरायलहरू खुसी देखिएका छन्। उनीहरू तीनै जनालाई तेल अभिभको अस्पतालमा राखिएको छ। उनीहरू केही दिन त्यहाँ रहनेछन्। यस अवधिमा उनीहरूका मानसिक स्वास्थ्य र आघात परामर्शसँगै चिकित्सकीय परीक्षण गरिने समाचारमा उल्लेख छ।

यसैगरी इजरायलद्वारा रिहा गरिएका ९० जना प्यालेस्टिनी बन्दीहरू आफ्नो गाउँमा पुगेका छन्। पश्चिम तटको बैतुनियामा रेडक्रसका दुई बस आइपुग्दा सयौँ प्यालेस्टिनीहरूले हर्ष व्यक्त गरेका थिए। इजरायलद्वारा रिहा गरिएका धेरै महिला र किशोर छोराहरूलाई हालै मात्र पक्राउ गरिएको थियो। तिनीहरूलाई दोषी करार नगरी राखिएको थियो।

इजरायलको आक्रमणबाट लाखौँ प्यालेस्टिनीको ज्यान गएको छ। अधिकांश मानिस घरबाट विस्थापित भएका छन्। युद्धविरामको पहिलो दिन राहत र पीडाको मिश्रण थियो। इजरायली सेना केही क्षेत्रहरूबाट पछाडि हटिसकेको अवस्थामा धेरै परिवारहरू घर फर्किएका छन्। उनीहरूले आफ्नो भूमिमा व्यापक विनाश र सडकमा शवहरू देखेको समाचारमा उल्लेख छ।

अमेरिका र क्षेत्रीय मध्यस्थकर्ताहरूले गराएको यो सम्झौताले विनाशकारी युद्धको अन्त्य हुने र हमासद्वारा कब्जामा राखिएका झण्डै १०० बाँकी बन्धक फर्किने आशा जगाएको छ।

प्रकाशित: ७ माघ २०८१ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast