गाजा युद्धविरामको स्वागत गर्दै नेपालले भन्यो : विपिन जोशीको तत्काल रिहाइ गर

हिमाल प्रेस ७ मंसिर २०८० १८:१३
16
SHARES
गाजा युद्धविरामको स्वागत गर्दै नेपालले भन्यो : विपिन जोशीको तत्काल रिहाइ गर

काठमाडौँ– नेपालले इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै युद्धविराको स्वागत गरेको हो। ‘नेपाल सरकारले गाजामा बन्दीहरूको रिहाइ र मानवीय सामग्रीको आपूर्तिका लागि मार्ग प्रशस्त गर्ने युद्धविराम सम्झौताको स्वागत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

सम्झौतामा पुग्नका लागि सबै देश र पक्षहरू मुख्यतया कतार, अमेरिका र इजिप्टले गरेको कूटनीतिक प्रयासको विज्ञप्तिमा नेपालले खुलेर प्रशंसा गरेको छ। ‘नेपाल सरकार नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि पुनः आह्वान गर्दछ,’ विज्ञप्तिमा नेपालले भनेको छ।

प्रकाशित: ७ मंसिर २०८० १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =