एनएमबी बैंकको २९ औँ वार्षिक साधारणसभा सम्पन्न

हिमाल प्रेस २५ पुष २०८१ १९:०४
एनएमबी बैंकको २९ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ- एनएमबी बैंकको २९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारणसभा सम्पन्न भएको हो।

बैंकको २०८१ अषाढसम्म खुद नाफा रू. २ अर्ब २४ करोड, निक्षेप रू. २२७.१० अर्ब र कर्जा रू. २०४.६१ अर्ब रहेको साधारणसभामा जानकारी दिइएको छ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकका सञ्चालक समिति अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा सम्पन्न साधारणसभामा बैंकका सेयरधनीहरूले आ–आफ्ना धारणा राखेका थिए।

प्रकाशित: २५ पुष २०८१ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast