भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा चार नक्सलवादीको मृत्यु

हिमाल प्रेस २१ पुष २०८१ २१:२२
10
SHARES
भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा चार नक्सलवादीको मृत्यु फाइल तस्बिर : हिन्दुस्तान टाइम्स

काठमाडौँ– मध्य भारतको छत्तीसगढ राज्यमा आइतबार नक्सलवादी र प्रहरीबीच भएको मुठभेडमा कम्तीमा चार जना नक्सलवादीको मृत्यु भएको प्रहरीले जनाएको छ।

छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब १९२ किलोमिटर दक्षिणमा रहेको नारायणपुर जिल्लाको अबुझमढ जंगल क्षेत्रमा नक्सल र प्रहरीको संयुक्त टोलीबीच मुठभेड भएको हो।

प्रहरीका अनुसार नक्सलहरुको उपस्थिति रहेको आशंकामा विशेष गुप्तचर सूचनाका आधारमा प्रहरी इकाइहरुको संयुक्त टोलीले उक्त क्षेत्र घेराबन्दी गरेको थियो।

‘आज अबुझमढ जंगल क्षेत्रमा नक्सल र प्रहरी बल बीच मुठभेड भयो। मुठभेडमा अहिलेसम्म चार नक्सली मारिएका छन्,’ एक प्रहरी अधिकारीले बताए।

छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले मारिएका प्रहरी जवानका परिवारप्रति समवेदना प्रकट गरे। प्रहरीले मुठभेड स्थलबाट दुई थान एसल्ट राइफलसहित केही स्वचालित हतियार र केही गोलाबारुद समेत बरामद गरेको दाबी गरेको छ।

हाल भारतको मध्य र पूर्वी भागहरूमा नक्सलहरू सक्रिय छन्। नयाँ दिल्लीले आफ्ना अर्धसैनिक बललाई नक्सलवादीहरूसँग लड्न खटाएको छ।

विद्रोहले हजारौं बासिन्दाहरूलाई घरबारविहीन बनाउनुको साथै सयौंको ज्यान लिएको छ।–रासस

प्रकाशित: २१ पुष २०८१ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast