साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक सुरु

हिमाल प्रेस ४ माघ २०८१ १४:४४ | Friday, January 17, 2025
साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक सुरु

काठमाडौँ- विपक्षी दलहरूको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालय नयाँ बानेश्वरमा बैठक सुरु भएको हो। कार्य दलले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिन बैठक बसेको हो।

बुधवार बसेको बैठकले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले तयार पारेको ड्राफ्ट शीर्ष नेतालाई बुझाएका हुन्।

कार्यदलले संसद् छलेर केपी ओली नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेश, सरकारको ६ महिनाको कामकारबाही, सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविका लगायत राष्ट्रिय मुद्दामा साझा धारणा बनाउनेछ।

सोही विषयमा जानकारी दिनका लागि दिउँसो ३ बजे संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दैछ।

प्रकाशित: ४ माघ २०८१ १४:४४ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast