माओवादी संसदीय दलको बैठक : अध्यादेश अस्वीकार गर्ने निर्णय

हिमाल प्रेस १७ माघ २०८१ १६:५१ | Thursday, January 30, 2025
माओवादी संसदीय दलको बैठक : अध्यादेश अस्वीकार गर्ने निर्णय माओवादी संसदीय दलको बैठक।

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशको प्रतिवाद गर्ने भएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेश ल्याएको प्रक्रिया नमिलेकाले प्रतिवाद गर्ने निर्णय भएको जानकारी दिए।

उनले संसदीय दलको बैठकले अध्यादेश अस्वीकारको सूचना संसदमा दर्ता गर्ने निर्णय गरेको बताए।

जनतालाई छिटोभन्दा छिटो डेलिभरी गर्न अध्यादेश ल्याएको सरकारको भनाइ निराधार रहेको बैठकले निष्कर्ष निकालेको पाण्डेले बताए। केन्द्रीय कमिटी बैठकले गरेका निर्णयअनुसार संसदमा प्रस्तुत हुने निर्णय संसदीय दलले गरेको उनले जानकारी दिए।

माओवादी संसदीय दलको बैठकले संसदमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ।

बिहान विपक्षी दलहरूको संयुक्त बैठकमा भएका निर्णयबारे संसदीय दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा जानकारी गराएका थिए।

संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकारले हालसालै ल्याएक विधेयकहरू संसदमा पेस गर्ने तयारी छ।

प्रकाशित: १७ माघ २०८१ १६:५१ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast