पूर्वसभामुखको प्रश्न : संसद् बैठक किन बोलाइएन ?

हिमाल प्रेस २८ पुष २०८१ १६:४३ | Sunday, January 12, 2025
पूर्वसभामुखको प्रश्न : संसद् बैठक किन बोलाइएन ? अग्नि सापकोटा

काठमाडौँ– पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन्।  आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसद् अधिवेशन नबोलाइएकोप्रति रोष प्रकट गरे। उनले आफू सभामुख हुँदा र अरु बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको भए पनि अहिले यति ढिलो किन गरेको भन्दै प्रश्न गरे।

उनले संसद अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको बताए। उनले संसद् कुनै पनि देशको महत्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै कुराको सन्देश प्रवाह गर्ने जिकिर गरे।

उनले संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसद्‌लाई बन्द गर्न नहुने बताए। उनले भने, ‘संसद् कुनै पनि देशको महत्वपूर्ण संस्था हो। यसबाट शक्तिशाली सुशासनको धेरै ठूलो सन्देश जाने गर्दछ। हाम्रोले के त्यस्तो सन्देश दिन सकेका छौँ? पूरै राष्ट्रलाई प्रतिध्वनित गर्न सकेका छौँ? त्यही संसदबाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभमुखकै जन्म हुन्छ। त्यस्तो संस्थालाई त्यत्तिकै राख्नु हुँदैन।

म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद सुचारु भएको छ। यत्ति ढिला बोलाउने कुरा भएको छैन। के कारणले संसद नबोलाइएको हो? वास्तवमा यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुल्दुली छ। त्यो कारण पत्ता लागेको छैन।’

प्रकाशित: २८ पुष २०८१ १६:४३ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast