काठमाडौँ- ताइवानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मंगलबार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको हो।
नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ। भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो।
ताइवान फायर डिपार्टमेन्टका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। घाइते हुनेमा एक बालक समेत रहेका छन्। भूकम्पबाट भत्किएको ताइनान सहरको नान्क्सी जिल्लामा रहेको घरको भग्नावशेषबाट उद्धार गरिएका ६ जना घाइते भएका छन्।
भूकम्पका कारण राज्य राजमार्गमा रहेको झुवेई पुलमा पनि क्षति पुगेको छ तर कसैको मृत्युको खबर भने आएको छैन ।
प्रकाशित: ८ माघ २०८१ ७:३६
प्रतिक्रिया



