अयोध्याको राम मन्दिरको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिरमा दीप प्रज्वलन

हिमाल प्रेस २७ पुष २०८१ २१:१४ | Saturday, January 11, 2025
अयोध्याको राम मन्दिरको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिरमा दीप प्रज्वलन तस्बिर : रासस

काठमाडौँ- भारतको अयोध्यास्थित राम मन्दिर उद्घाटन भएको वार्षिकोत्वसको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा शनिबार साँझ दीप प्रज्वलन गरिएको छ।

राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा भएको एक वर्ष पुगेको अवसरमा जानकी मन्दिरमा दीप प्रज्वलन गरिएको हो।

विश्व हिन्दू परिषद्, जानकी सेनाका साथै स्थानीयवासीहरूले जानकी मन्दिर परिसरमा दीप प्रज्वलन गरेका हुन्।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले अयोध्यास्थित राम मन्दिर उद्घाटन भएको वार्षिकोत्सव पारेर दीप प्रज्वलन गरिएको जानकारी दिए।

दासले जानकी मन्दिर प्राङ्गणभित्र सवालाख दीप प्रज्वलन गरिएको बताए। उनले भने,‘राम मन्दिर निर्माण भएर प्राणप्रतिष्ठा भएको वर्ष दिन पुगेको अवसरमा दीप प्रज्वलन गरिएको छ। विश्व हिन्दू परिषद्, जानकी सेना र जनकपुरवासीको सहयोगमा यो काम भएको हो।’

दीप प्रज्वलनका साथै मन्दिर परिसरमा साँझ अयोध्याको राम मन्दिर निर्माणको इतिहाससमेत प्रोजेक्टरको माध्यमबाट देखाइएको थियो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष जनवरी ११ तारिखकका दिन अयोध्यास्थित राम मन्दिरको उद्घाटन गरेका थिए।

पाँच सय वर्ष लामो संघर्षपछि अयोध्यामा राम मन्दिर निर्माण भएको हो। अयोध्यामा राम मन्दिर निर्माण भएसँगै जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन वृद्धि भएको छ।

प्रकाशित: २७ पुष २०८१ २१:१४ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast