साउदीले गर्‍यो एक्जिट भिसा प्रतिबन्ध खारेज

हिमाल प्रेस २ माघ २०८१ ११:०२ | Wednesday, January 15, 2025
साउदीले गर्‍यो एक्जिट भिसा प्रतिबन्ध खारेज

काठमाडौँ-  साउदी अरब सरकारले एक्जिट तथा पुनः प्रवेश भिसा प्रतिबन्ध खारेज गरेको छ। साउदीमा अवैध बसेका विदेशी कामदारले एक्जिट भिसा पाएपछि ३ वर्ष प्रतिबन्ध थियो।

एक्जिट भिसा लिएर साउदी अरब छाडेको ३ वर्ष बितिसक्दा आफ्नो वैध अवधिभित्र नफर्केका आप्रवासीलाई पुनः प्रवेशमा रोक लगाउने प्रतिबन्ध हटाइएको साउदी राहदानी निर्देशनालयले जनाएको छ।

निर्देशनालयले विभिन्न विभाग, प्रवेश बिन्दु, एयरलाइन्स र ट्रान्जिट टर्मिनलहरूलाई प्रतिबन्ध उल्टाउँदै त्यस्ता कामदारहरूलाई प्रवेश गर्न अनुमति दिन समेत सूचना जारी गरेको छ।

साउदीको यस निर्णयले अवैध बसेका विदेशी कामदारलाई फाइदा, श्रम र लगानीको वातावरणमा पनि सहयोग पुग्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार एक्जिट भिसा लिएर वार्षिक ५ देखि ७ हजार नेपाली कामदार नेपाल फर्किने गरेका छन्। यी कामदारका हकमा पनि साउदीले एक्जिट भिसा प्रतिबन्ध खारेज गर्दा फाइदा पुग्ने देखिन्छ।

साउदी हाल मासिक १० हजारभन्दा बढी कामदार गइरहेका छन्। साउदीले एक्जिट भिसा प्रतिबन्ध खारेज गरेपछि त्यहाँ जाने कामदारको संख्या बढ्ने वैदेशिक रोजगार व्यवसायीहरूको भनाइ छ।

प्रकाशित: २ माघ २०८१ ११:०२ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast