अधिकांश बैंकको ब्याजदरमा छैन फेरबदल

हिमाल प्रेस २९ पुष २०८१ १२:४७ | Monday, January 13, 2025
अधिकांश बैंकको ब्याजदरमा छैन फेरबदल

काठमाडौंँ – वाणिज्य बैंकहरूले नयाँ ब्याजदर कायम गरेको छ। माघ महिनामा अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बैंकहरूले भोलि अर्थात् माघ १ गतेदेखि लागू हुने गरि ब्याजदर प्रकाशन गरेका छन्। पुसमा लक्ष्मी सनराइजले व्यक्तिगत मुद्दति निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत तोेकेको थियो। यस बैकले माघमा व्याजदार बढाएर क्रमशः ५.७५ प्रतिशत र ४.५ प्रतिशत बनाएको छ।

माघ कृषि विकास बैंकले पनि घटाएर व्यक्तिगत तर्फ ५.५१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिएको छ। पुस महिनामा कृषि विकासले व्यक्तिगत तर्फ ५.५७ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज तोकेको छ। यी तीनै वटा बैंक बाहेक १७ बैंकले पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

यस्तै, माघ महिनामा एसबिआई बैंकले माघ महिनाका लागि व्यक्तिगत तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज कायम गरेको छ। पुसमा भने व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६ प्रतिशत र ५ प्रतिशत ब्याज दिएको थियो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागतमा ५.१ प्रतिशत र माछापुच्छ्रे बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत बनाएको छ।
भने सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतिमा ६–६ प्रतिशत ब्याज दिने भएका छन्। तर, संस्थागत तर्फ भने क्रमशः ५ प्रतिशत, ५ प्रतिशत र ३.५ प्रतिशत तोकेको छ।

यसैगरी नेपाल बैंकले पनि माघ महिनाका लागि व्यक्तिगत तर्फ ५.६ प्रतिशत र संस्थागत तर्फ ४.१५ प्रतिशत, सिटिजन्सले व्यक्तिगत तर्फ ५.६५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत, संस्थाग तर्फ ४.२५ प्रतिशत ब्याजदर बनाएका छन्।

माघ महिनामा नबिल बैंकले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत, सानिमाले व्यक्तिगत तर्फ ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत, प्रभूले व्यक्तिगतमा ६.१ प्रतिशत र संस्थागतमा ५.१ प्रतिशत ब्याज दिने भएको छ।

प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन बैंकले व्यक्तिगत निक्षेपमा बराबरी ६.२५ प्रतिशत ब्याज दिने भएका छन् । तर, संस्थागत तर्फ भने क्रमशः ४ प्रतिशत, ३.२५ प्रतिशत र ५.२५ प्रतिशत तोकेका छन्। माघ महिनामा एनआइसी एनएमबि र एनआइसीले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६.६ प्रतिशत र ५.६ प्रतिशत बराबरी ब्याजदर निर्धारण गरे।

प्रकाशित: २९ पुष २०८१ १२:४७ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast