मुक्तिनाथ बैंक र एनसीएलबीच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने

हिमाल प्रेस १९ मंसिर २०८१ १६:३५
मुक्तिनाथ बैंक र एनसीएलबीच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लस नेटवर्कमार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ।

यसबाट चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाईल्यान्ड, साउथ कोरिया, स्वीडेन, इटलीलगायतका देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

यस प्रकारको सेवाहरूले विदेशी पर्यटकलाई नगद बोक्ने झन्झट नहुनुका साथै नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले बताएको छ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्सहान गर्न भीसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था समेत गरिएको छ।

बैंकले हालै ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याइएको छ।

बैंकले डिजिटल सेवामा मात्र नभई विकास बैंकमध्ये नेपालकै पहिलो सामूहिक लगानी कोष मुक्तिनाथ म्यूचुअल फण्ड यही मंसिर २० गतेबाट बिक्रीमा ल्याउन लागेको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।

प्रकाशित: १९ मंसिर २०८१ १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast