रवि लामिछानेलाई १ अर्ब ५१ करोड बिगो मागसहित मुद्दा दर्ता हुँदै

हिमाल प्रेस ७ पुष २०८१ ७:२५ | Sunday, December 22, 2024
रवि लामिछानेलाई १ अर्ब ५१ करोड बिगो मागसहित मुद्दा दर्ता हुँदै रवि लामिछाने : फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो।

जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ।

सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै २०८१ पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो।

चार दिनको म्याद पुस ५ गते शुक्रबार सकिए पनि पुस ६ गते शनिबार सार्वजनिक बिदा भएकाले पुस ७ गते आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो।

 

प्रकाशित: ७ पुष २०८१ ७:२५ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast