महाधिवेशनको ६ महिनापछि टुंगियो एकीकृत समाजवादीको विभागीय जिम्मेवारी, प्रचारमा प्रकाश, विद्यार्थीमा झाँक्री

हिमाल प्रेस ६ पुष २०८१ ८:२६ | Saturday, December 21, 2024
महाधिवेशनको ६ महिनापछि टुंगियो एकीकृत समाजवादीको विभागीय जिम्मेवारी, प्रचारमा प्रकाश, विद्यार्थीमा झाँक्री रामकुमारी झाँक्री

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले महाधिवेशनको छ महिनापछि कार्यविभाजन टुंग्याएको छ। गत असार १६ मा भएको समाजवादीको १० औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरे पनि विभागीय जिम्मेवारी बाँडफाँट भएको थिएन।

मंसिर २६ देखि पुस २ मा सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेको हो। माधवकुमार नेपालले हस्ताक्षर गरेर नेताहरूलाई पठाएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ।

प्रकाशित: ६ पुष २०८१ ८:२६ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast