जनकपुरधाम उपमहानगरपालिका : एमालेका वडाध्यक्षद्वारा कार्यपालिका बैठक बहिष्कार

हिमाल प्रेस ५ पुष २०८१ १७:५३ | Friday, December 20, 2024
जनकपुरधाम उपमहानगरपालिका : एमालेका वडाध्यक्षद्वारा कार्यपालिका बैठक बहिष्कार

जनकपुरधाम- नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरूले जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिका बैठक बहिष्कार गरेका छन्।

कार्यपालिका बैठक लाइभ गर्न माग राख्दै एमालेका वडाध्यक्षहरूले बैठक बहिष्कार गरेका हुन्।

लाइभ गरिए सहभागी हुने नभए बहिष्कार गर्ने भन्दै उनीहरू बैठकबाट बाहिरिएका छन्।

चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि मेयर मनोजकुमार साहले कार्यपालिका बैठक बोलाएका थिएनन्। एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरूले आन्दोलन गर्ने चेतावनी दिएपछि मेयर साहलाई शुक्रबार कार्यपालिका बैठक बोलाएका थिए।

मेयर साहले लाइभ नगर्ने अडान लिएपछि आफूहरू बैठकबाट बाहिरिएको वडा नम्बर ८ का अध्यक्ष दिनेश सिंहले बताए। उनकाअनुसार सुमन कार्की प्रमुख प्रशासकीय अधिकृत भएकै बेला कार्यपालिका बैठक लाइभ गर्ने सहमति भएको थियो।

मेयर साहले बहुमतको दम्भ देखाएर लाइभ गर्ने सहमतिविपरित बैठक सञ्चालन गरेको उनको आरोप छ।

एमालेबाट निर्वाचित वडाध्यक्षहरू बाहिरिए पनि कार्यपालिका बैठक जारी रहेको बताइएको छ।

प्रकाशित: ५ पुष २०८१ १७:५३ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast