क्रिकेट हेर्न कीर्तिपुर पुगे प्रचण्ड

हिमाल प्रेस ६ पुष २०८१ १३:३१ | Saturday, December 21, 2024
क्रिकेट हेर्न कीर्तिपुर पुगे प्रचण्ड

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल भइरहेको छ। उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिडिरहेका छन्।

खेल हेर्नका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा मा‌‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि गृहमन्त्री रमेश लेखकसम्म त्रिवि मैदान कीर्तिपुर पुगेका छन्।

यस्तै, उद्योगमन्त्री दामोदर भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह लगायत पनि खेल हेर्न र खेलाडीलाई हौसला प्रदान गर्न कीर्तिपुर मैदान पुगेका छन्।

विभिन्न दलका सांसद र पूर्वमन्त्रीहरू पनि कीर्तिपुर पुगेर खेल हेरिरहेका छन्।

प्रकाशित: ६ पुष २०८१ १३:३१ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast