कांग्रेस मधेश प्रदेश ट्रेड युनियन तथा श्रमिक विभागको बैठक सम्पन्न

हिमाल प्रेस ११ पुष २०८१ १९:११ | Thursday, December 26, 2024
कांग्रेस मधेश प्रदेश ट्रेड युनियन तथा श्रमिक विभागको बैठक सम्पन्न

जनकपुरधाम- नेपाली कांग्रेस मधेश प्रदेशको ट्रेड युनियन तथा श्रमिक विभागको पहिलो बैठक सम्पन्न भएको छ।

जनकपुरधामस्थित प्रदेश पार्टी कार्यालयमा प्रदेश ट्रेड युनियन तथा श्रमिक विभागका सभापति सुरेश ठाकुरको सभापतित्व एवं पार्टीका प्रदेश सभापति कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा बैठक बसेको हो।

बैठकमा बोल्दै सभापति यादवले कांग्रेसलाई मधेश प्रदेशमा मजबुत बनाउन नेता तथा कार्यकर्ताहरू एकजुट अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले कांग्रेस मधेशका लागि उर्वरभूमि रहेको बताउँदै अन्य दलसँग प्रतिस्पर्धा गर्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे।

प्रदेशका पूर्वगृहमन्त्री मोहम्मद समीम अन्सारी ट्रेड युनियन तथा श्रमिक विभागले समग्र मजदुरको हकहितमा काम गर्नुपर्नेमा जोड दिए।

बैठकमा ट्रेड युनियन तथा श्रमिक विभाग कार्यसमितिका पदाधिकारी एवं सदस्यलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ पुष २०८१ १९:११ | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast