‘अनलाइन मिडिया’मा अराजकता देखियो, व्यवस्थित गर्छौँ : सञ्चारमन्त्री गुरुङ

हिमाल प्रेस १२ पुष २०८१ १७:५० | Friday, December 27, 2024
‘अनलाइन मिडिया’मा अराजकता देखियो, व्यवस्थित गर्छौँ : सञ्चारमन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङ

गण्डकी- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज (शुक्रबार) पोखरामा आयोजित गण्डकी प्रदेशमा ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती’ सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले गुनासो नआउने तवरले प्रभावकारी सेवा प्रवाह हुनुपर्ने बताएका हुन्।

एकताबद्ध प्रयासबाट दूरसञ्चारको कामलाई गुणस्तरीय बनाउन सकिने उनले बताए। राजमार्ग क्षेत्रमा दूरसञ्चार सेवाका सम्बन्धमा गुनासो आउने गरेको उल्लेख गर्दै मन्त्री गुरुङले  पृथ्वी राजमार्गसहित अन्य राजमार्गमा स्तरीय सेवा दिने गरी काम गर्नुपर्नेमा जोड दिए।

‘सेटलाइट’का माध्यमबाट ‘फोरजी’ सेवालाई घरघरमा पुर्‍याउनुपर्ने उनको भनाइ छ। सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले पब्लिक सर्भिस बोर्ड (पीएसबी) मार्फत नेपाल टेलिभिजन र रेडियो नेपाललाई एक ठाउँमा ल्याएको जिकिर गर्दै उनले प्रिन्ट मिडियालाई पनि एक ठाउँमा ल्याउने योजना रहेको बताए।

पछिल्लो समयमा ‘अनलाइन मिडिया’मा अराजकता देखिएको उल्लेख गर्दै मन्त्री गुुरुङले प्रेस स्वतन्त्रता एवम् जनताका हक अधिकारलाई कुण्ठित नगर्ने गरी अनलाइन मिडियालाई व्यवस्थित गरिने जानकारी दिए। साइबर अपराध बढ्दो अवस्थामा रहेका कारण यसको नियन्त्रणका लागि सरकारले साइबर सेक्युरिटी ऐन ल्याउने तयारी गरेको उनको भनाइ छ। रासस

प्रकाशित: १२ पुष २०८१ १७:५० | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast