सहरमा आज : साहित्यक कार्यक्रम, नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

हिमाल प्रेस १५ मंसिर २०८१ ६:२९
18
SHARES
सहरमा आज : साहित्यक कार्यक्रम, नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

काठमाडौँ- मंसिरको तेस्रो शनिबार। सधैँझै हामीले साताको शनिबार उपत्यकामा आज हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गरेका छाैँ। उपत्यकामा आज रचना वाचन, पुस्तक विमोचनसहित नाटक मञ्चन र एकभन्दा बढी नेपाली फिल्मको प्रदर्शन भइरहेको छ। फुर्सदमा हुनुहुन्छ भने  याे विवरण तपाईंको लागि महत्वपूर्ण हुनसक्छ।

हेरौँ यो साता कहाँ केके हुँदैछ?

भक्तपुरमा रचना वाचन कार्यक्रम
भक्तपुरस्थित अक्फोर्ड प्रक्टिकल स्कूल सल्लाघारीमा प्रत्येक महिनाको तेस्रो शनिबार हुने रचना वाचन कार्यक्रम हुँदैछ। रचना वाचनको यो ११ औं शृङ्खला हो। बिहान ११ बजे सुरु हुनेछ। कार्यक्रम भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको संयुक्त आयोजनामा हुँदैछ।

अजिता दाहाल क्रान्ति मुक्तकसङ्ग्रह ‘मनोवेग’ र बिनु बुढाथोकीको ‘धडकन’ विमोचन
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा अजिता दाहाल क्रान्तिको ‘मनोवेग’ र बिनु बुढाथोकीको ‘धड्कन’ मुक्तकसङ्ग्रह विमोचन हुँदैछ। अपरान्ह १२ बजे सुरु हुने कार्यक्रममा ज्ञानुवाकर पौडेल प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन्। कार्यक्रम हातेमालो साहित्य संगम र साधना साहित्य मञ्चको संयुक्त आयोजना गरेको हो।

ग्रयाण्ड महाफिल १३ औं शृङ्खला
कालिकास्थानस्थित सर्वनाम थिएटरमा ग्रयाण्ड महाफिल सिजन २ को १३ औं शृङ्खलाअन्तर्गत गजल वाचन कार्यक्रम हुँदैछ। दुई महिनाको अन्तरालमा हुने कार्यक्रममा यसपटक बिटु केसी, राधा कणेल र राम अविरल विष्टले गजल वाचन गर्नेछन्। साथै दीप दर्पणको कवितासङ्ग्रह ‘एक्लो पृश्वी एक्लो माछे’ को पुस्तक चर्चा पनि हुनेछ। दिउँसो २ बजे सुरु हुने कार्यक्रम बाबु त्रिपाठीले सञ्चालन गर्नेछन्। कार्यक्रम प्रवेश शुल्क १ सय ५० रुपैयाँ छ।

मण्डलामा ‘रैती’ काे अन्तिम मञ्चन
थापागाउँस्थित मण्डला थिएटरमा कात्तिक ३० देखि नाटक ‘रैती’ मञ्चन भइरहेको छ। नाटकको आज अन्तिम २ सो हुँदैछ। दिवेश खत्रीको लेखन र शसांक बस्नेतको निर्देशनमा बनेको नाटक पारिवारिक कथामा आधारित छ। छोरी जन्मिदा परिवारले गर्ने हेला र अर्को गाउँमा छोरी नहुँदा उजाडिएको दुई गाउँको कथा प्रस्तुत गरिएको छ। नाटक शनिबार दिउँसो १२ बजे र अपरान्ह ४ बजेको दुई सो हुँदैछ।
नाटकमा कलाकार अमर बुढाथोकी, मनिशराज पाण्डे, शासंक बस्नेत, सचिन दाहाल, अजय कार्की, सौगात भुसाल, युगल श्रेष्ठ, मिसेल घिमिरे, दिवेश खत्री, रेश्ना भण्डारी, पवन कुमार गोले, सिमोन गिरी, विशाल भण्डारी, सुजना पाण्डे र केशव रोकायको अभिनय छ।

‘ढुकढुकी ७२ मेगाहर्ज’
मण्डलामै कात्तिक २४ देखि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन भइरहेको छ। नाटक मानवीय भावना, प्रेम अनि सहअस्तित्वका जटिलतासँग सम्बन्धित छ। जसलाई सन्तानको चाहनामा रहेका एक दम्पत्तिको आशा, सपना, आकांक्षा, बाधा र दुविधाबीच चल्ने मुटुको धड्कनलाई प्रतिध्वनिको रुपमा प्रस्तुत गरिएको छ।नाटकको शनिबार दुई सो छ, साँझ साढे ५ बजे र दिउँसो १ बजे। नाटकका परिकल्पनाकार, लेखक तथा निर्देशक केदार श्रेष्ठ हुन्। नाटकमा कलाकार मेनुका प्रधान र कर्माले अभिनय गरेका छन्।

 हलमा ४ नेपाली फिल्म र ३ विदेशी फिल्म

तेल भिसा
मंसिर ७ देखि नै हलमा ‘तेल भिसा’ पनि प्रदर्शन भइरहेको छ। फिल्म डायस्पोरामा सन्तान भेट्न विदेश जाने र उतै पलायन हुने नेपाली समाजको परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक शंकर घिमिरे हुन्। फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा लामा, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स फिल्मको १६ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा ७ सो, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टरमा ४ सो छ।

त्यस्तै एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, विश्वज्योति हल, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘तेल भिसा’ प्रदर्शन भइरहेको छ।

ह्रस्व दीर्घ
कात्तिक ३० देखि हलमा फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शन भइरहेको छ। प्रेम कथामा आधारित फिल्म एक्सन, रोमान्स र कमेडी जनरामा बनेको छ। फिल्मका निर्देशक चन्द्र पन्त हुन्।

नीता ढुङ्गाना र हरिहर अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा ब्रह्मानन्दम्, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मलमा फिल्मको ७ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, विश्वज्योति हल, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाज, अष्टनारायण हलमा फिल्म प्रदर्शन भइरहेको छ।

पूर्ण बहादुरको सारङ्गी
गत कात्तिक १५ देखि हलमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ उच्च सोसहित प्रदर्शन भइरहेको छ। फिल्मले हालसम्म करिब ४० करोड कमाएको निर्माण टिमको दाबी छ। गन्धर्व समुदायको कथाम आधारित फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक सरोज पौडेल हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, सिभिल मल, छाया सेन्टर र लबिम मलमा फिल्मको ४१ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टरमा १० सो, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा ७ सो छ। त्यस्तै एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति हल, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ उच्च सोसहित प्रदर्शन भइरहेको छ।

१२ गाउँ
दसैँको फुलपाती अर्थात् असोज २४ देखि हलमा फिल्म ‘१२ गाउँ’ को शनिबार उपत्यकाको वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र अष्टनारायण हलमा फिल्मको सो छ। १२ गाउँको कथामा आधारित फिल्मको मुख्य भूमिकामा समीर भट्ट छन्। यो उनको डेब्यु फिल्म हो। अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्ममा उनीसहित न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, सन्तोष सरकार, स्टन्ट शिल्भालगायत कलाकारको अभिनय छ।

मोना २
मंसिर १२ देखि हलमा अंग्रेजी फिल्म ‘मोना २’ नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र हरर जनरामा बनेको फिल्मका निर्देशक डेभिड जी डेरिक, जुनियर जेसन ह्यान्ड र दाना लेडोक्स मिलरको संयुक्त निर्देशन छ। फिल्ममा ड्वेन जोन्सन, एनल टुडिकलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टरमा फिल्मको २० सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।

ग्लेडिएटर २
हलिउड फिल्म ‘ग्लेडिएटर २’ मंसिर ७ देखि नेपाली हलमा प्रदर्शन भइरहेको छ। राइड्ली स्कटको निर्देशनमा बनेको फिल्ममा पल मेस्कल, पेड्रो पास्कल, डेनेजल वाशिंटन, कोनी निल्सन, जोसेफ क्विनलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन एडभेञ्चर र ड्रामा जनरामा बनेको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर, दरबार सिनेम्याक्स, लबिम मलमा फिल्मको ७ सो छ।

भुल भुलैया ३
कात्तिक १६ देखि नेपालमा हिन्दी फिल्म ‘भुलभुलैया ३’ प्रदर्शन भइरहेको छ। हरर र कमेडी जनरामा बनेको फिल्मका निर्देशक अनीस बज्मी हुन्। फिल्ममा कार्तिक आर्यन, माधुरी दीक्षित र तृप्ती डिमरी मुख्य भूमिकामा छन्। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत दरबार सिनेम्याक्समा फिल्मको एक सो छ।

प्रकाशित: १५ मंसिर २०८१ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast