सहरमा आज : हल र रंगमञ्चमा नेपाली फिल्म र नाटकको वर्चस्व

हिमाल प्रेस ८ मंसिर २०८१ ६:३६
6
SHARES
सहरमा आज : हल र रंगमञ्चमा नेपाली फिल्म र नाटकको वर्चस्व

काठमाडौँ- मंसिरको दोस्रो शनिबार। सधैँझैँ हामीले साताको शनिबार उपत्यकामा आज हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिको विवरण संकलन गरेका छौँ। हलमा अहिले नेपाली फिल्मकै वर्चस्व छ। चार नेपाली फिल्म एकसाथ उच्च सोसहित प्रतिस्पर्धामा चलिरहेको छ। त्यस्तै थिएटर पनि चलायमान छ। फुर्सदमा हुनुहुन्छ भने नाटक, फिल्म र चित्रकला प्रदर्शनी पुग्न सक्नु हुनेछ।

हेरौँ यो साता कहाँ केके हुँदैछ?

मण्डलामा ‘रैती’ : थापागाउँस्थित मण्डला थिएटरमा कात्तिक ३० देखि नाटक ‘रैती’ मञ्चन भइरहेको छ। दिवेश खत्रीको लेखन र शशांक बस्नेतको निर्देशनमा बनेको नाटक पारिवारिक कथामा आधारित छ। छोरी जन्मिँदा परिवारले गर्ने हेला र अर्को गाउँमा छोरी नहुँदा उजाडिएको दुई गाउँको कथा प्रस्तुत गरिएको छ। नाटक शनिबार दिउँसो १२ बजे र अपराह्न ४ बजेको दुई सो हुँदैछ।

नाटकमा कलाकार अमर बुढाथोकी, मनीषराज पाण्डे, शशांक बस्नेत, सचिन दाहाल, अजय कार्की, सौगात भुसाल, युगल श्रेष्ठ, मिसेल घिमिरे, दिवेश खत्री, रेस्ना  भण्डारी, पवन कुमार गोले, सिमोन गिरी, विशाल भण्डारी, सुजना पाण्डे र केशव रोकायको अभिनय छ।

‘ढुकढुकी ७२ मेगाहर्ज’ :  मण्डलामै कात्तिक २४ देखि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन भइरहेको छ। नाटकका परिकल्पनाकार, लेखक तथा निर्देशक केदार श्रेष्ठ हुन्। नाटक मानवीय भावना, प्रेम अनि सहअस्तित्वका जटिलतासँग सम्बन्धित छ। जसलाई सन्तानको चाहनामा रहेका एक दम्पtLको आशा, सपना, आकांक्षा, बाधा र दुविधाबीच चल्ने मुटुको धड्कनलाई प्रतिध्वनिको रुपमा प्रस्तुत गरिएको छ।

नाटकमा कलाकार मेनुका प्रधान र कर्माले अभिनय गरेका छन्। आगामी मंसिर १६ सम्म चल्ने नाटकको शनिबार दुई सो छ साँझ साढे ५ बजे र दिउँसो १ बजे।

सिद्धार्थ आर्ट ग्यालरीमा एकल चित्रकला प्रदर्शनी : बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘साधना’ शीर्षकमा सुन्दर सिंख्वालले बनाएका एकल चित्रकला प्रदर्शनी चलिरहेको छ। सुन्दरको ३७ वर्षे चित्रकलायात्रा उनले कोरेका ३० ओटा चित्र प्रदर्शनीमा राखिएको छ।

गणेश, सरस्वती, विष्णु, लक्ष्मी, लोकेश्वर, वज्रधर, मञ्जुश्रीलगायत हिन्दु र बौद्ध धर्मको दर्शन र विश्वासमा आधारित पौभा कलाका ३० तस्विर छन्। मंसिर १० सम्म चल्ने प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

कुन हलमा कुन कुन फिल्म?

अग्निदहन : बोक्सी प्रथाविरुद्धको कथामा बनेको फिल्म ‘अग्निदहन’ मंसिर ७ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। फिल्मको कथा साहित्यकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित छ। फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्रीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको दुई सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिके सिनेमाज, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘अग्निदहन’ प्रदर्शन भइरहेको छ।

तेल भिसा :  मंसिर ७ देखि नै हलमा ‘तेल भिसा’ पनि प्रदर्शन भइरहेको छ। फिल्म डायस्पोरामा सन्तान भेट्न विदेश जाने र उतै पलायन हुने नेपाली समाजको परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक शंकर घिमिरे हुन्। फिल्ममा विपिन कार्की, वर्षा राउत, पूजा लामा, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, छाया सेन्टर, लबिम मल, भाटभटेनी भक्तपुर र सिभिल मलमा फिल्मको  २६ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा ८ सो, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टरमा ६ सो छ। त्यस्तै एफक्यूब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, विश्वज्योति हल, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘तेल भिसा’ प्रदर्शन भइरहेको छ।

ह्रस्व दीर्घ :  कात्तिक ३० देखि हलमा फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शन भइरहेको छ। प्रेम कथामा आधारित फिल्म एक्सन, रोमान्स र कमेडी जनरामा बनेको छ। फिल्मका निर्देशक चन्द्र पन्त हुन्। नीता ढुंगाना र हरिहर अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा ब्रह्मानन्दम्, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, छाया सेन्टर, सिटी स्क्वायर मलमा फिल्मको १० सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, विश्वज्योति हल, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाज, अष्टनारायण हलमा फिल्म प्रदर्शन भइरहेको छ।

पूर्ण बहादुरको सारंगी :  गत कात्तिक १५ देखि हलमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ उच्च सोसहित प्रदर्शन भइरहेको छ। फिल्मले हालसम्म करिब ४० करोड कमाएको निर्माण टिमको दाबी छ। गन्धर्व समुदायको कथाम आधारित फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक सरोज पौडेल हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, लबिम मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर,सिभिल मलमा फिल्मको ४४ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टरमा ११ सो, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा ९ सो छ। त्यस्तै एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति हल, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ उच्च सोसहित प्रदर्शन भइरहेको छ।

१२ गाउँ : दसैँको फूलपाती अर्थात् असोज २४ देखि हलमा फिल्म ‘१२ गाउँ’ को शनिबार उपत्यकाको वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मको एक सो छ।

१२ गाउँको कथामा आधारित फिल्मको मुख्य भूमिकामा समीर भट्ट छन्। यो उनको डेब्यु फिल्म हो। अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्ममा उनीसहित न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, सन्तोष सरकार, स्टन्ट शिल्भालगायत कलाकारको अभिनय छ।

ग्लेडिएटर २ :  हलिउड फिल्म ‘ग्लेडिएटर २’ मंसिर ७ देखि नेपाली हलमा प्रदर्शन भइरहेको छ। राइड्ली स्कटको निर्देशनमा बनेको फिल्ममा पल मेस्कल, पेड्रो पास्कल, डेनेजल वाशिंटन, कोनी निल्सन, जोसेफ क्विनलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन एडभेञ्चर र ड्रामा जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर र सिभिल मलमा फिल्मको १५ सो छ।

आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

भुल भुलैया ३ :  कात्तिक १६ देखि नेपालमा हिन्दी फिल्म ‘भुलभुलैया ३’ प्रदर्शन भइरहेको छ। हरर र कमेडी जनरामा बनेको फिल्मका निर्देशक अनीस बज्मी हुन्। फिल्ममा कार्तिक आर्यन, माधुरी दीक्षित र तृप्ती डिमरी मुख्य भूमिकामा छन्। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल र भाटभटेनी भक्तपुर र बिग मुभिजमा फिल्मको सो छ।

प्रकाशित: ८ मंसिर २०८१ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast