भैरहवामा रविका पक्षमा नाराबाजी, प्रहरी घेराबन्दीमा लगियो वकिलको कार्यालय [तस्बिरहरू]

हिमाल प्रेस २७ कार्तिक २०८१ १३:१८
16
SHARES
भैरहवामा रविका पक्षमा नाराबाजी, प्रहरी घेराबन्दीमा लगियो वकिलको कार्यालय [तस्बिरहरू] भैरहवामा नाराबाजी गर्दै रवि लामिछानेका समर्थक। तस्बिर : हिमालप्रेस

लुम्बिनी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी घेराबन्दीमा सरकारी वकिलको कार्यालयमा लगिएको छ। मंगलबार भैरहवा विमानस्थलबाट उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दीमा वकिलको कार्यालयमा लगिएको हो। लामिछाने विमानस्थलबाट निस्कनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले उनका पक्षमा नाराबाजी गरेका थिए।

रविले सञ्चारकर्मीसामु बोल्न सक्छन् भनेर पनि कडाइ गरिएको एकजना सुरक्षा अधिकारीले बताए। यसअघि पोखरामा प्रहरी कार्यालयबाट अदालत लैजाँदा उनले सञ्चारकर्मीसँग अभिव्यक्ति दिएपछि सुरक्षाकर्मी र प्रशासनको आलोचना भएको थियो।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनको अभियोगमा बयानका लागि उनलाई पोखराबाट बुद्ध एयरको जहाजमा रुपन्देही ल्याइएको हो।

सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सुप्रिमको रकम ठगी प्रकरणमा बयानका लागि ल्याइएको रूपन्देही प्रहरीले जनाएको छ।

रविलाई आजै पोखरा फर्काउने तयारी

रविलाई बयानका लागि लगियो रूपन्देही

प्रकाशित: २७ कार्तिक २०८१ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast