काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले जिल्लामा कार्यसमिति विस्तार र पुनर्गठन नगर्न भन्दै परिपत्र गरेको छ। केन्द्रीय कार्यालयका मुख्य सचिव ठानप्रसाद पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै केन्द्रको समन्वय र सहमति बिना पुनर्गठन र विस्तार नगर्न निर्देशन दिएका हुन्।
विज्ञप्तिमार्फत तरुण दलले जिल्ला समितिहरू जस्तो अवस्थामा छन् सोही अवस्थामा राख्न र दलको प्रारम्भिक सदस्यता लिन केन्द्रीय कार्यालयमा अविलम्ब सम्पर्क राख्न निर्देशन पनि दिएको छ।
प्रकाशित: २५ कार्तिक २०८१ १७:२७
प्रतिक्रिया