स्थानीय तह उपनिर्वाचन : रास्वपाले छान्यो १७ उम्मेदवार

हिमाल प्रेस २८ कार्तिक २०८१ १९:०५ | Wednesday, November 13, 2024
स्थानीय तह उपनिर्वाचन : रास्वपाले छान्यो १७ उम्मेदवार रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार छनौट गरेको छ। रास्वपाले प्रारम्भिक निर्वाचनबाट १७ उम्मेदवार छनोट गरेको हो।

रास्वपाले स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको संयोजकको जिम्मा सांसद गणेश पराजुलीलाई दिएको छ। पराजुलीका अनुसार कतिपय स्थानमा उम्मेदवार छनौट प्रक्रियामा रहेको छ।

विभिन्न कारण स्थानीय तहमा रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिकाका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिकाका प्रमुख एक, उपप्रमुख एक वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि निर्वाचन हुनेछ।

हेर्नुहोस् सूची

प्रकाशित: २८ कार्तिक २०८१ १९:०५ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast