नेता निधिको सम्मानमा चिनियाँ राजदूत चेनले गरे रात्रिभोज

हिमाल प्रेस १ मंसिर २०८१ १५:०८ | Saturday, November 16, 2024
नेता निधिको सम्मानमा चिनियाँ राजदूत चेनले गरे  रात्रिभोज

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिकाे सम्मानमा रात्रिभाेजकाे आयाेजना गरेका छन्। काठमाडाैँस्थित दूतावासमा चेनले शुक्रबार निधिकाे सम्मानमा रात्रिभाेजकाे आयाेजना गरेका हुन्।

उक्त अवसरमा दुवै जनाबीच नेपाल र चीनबीचकाे द्विपक्षीय सम्बन्धबारे छलफल भएकाे बताइएकाे छ। दुवै जनाबीच नेपाल र चीनबीचको पारस्परिक सम्बन्ध तथा द्विपक्षीय हितका बारेमा कुराकानी भएको स्राेतले जनायाे। तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले स्थापना गरेको नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाइ अगाडि लैजाने विषयमा निधि र राजदूत सोङबीच छलफल भएको बताइएकाे छ।

रात्रिभाेजमा नेता निधिका साथै उनकी श्रीमती अनामिका निधि र छाेरा अनुकुल निधि सहभागी थिए। नेता निधिको सम्मानमा राजदूत सोङले शुक्रबार अनौपचारिक रात्रिभोजको आयोजना गरेको निधिको सचिवालयले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८१ १५:०८ | Saturday, November 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast