अस्ट्रेलियामा अब १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने

हिमाल प्रेस १३ मंसिर २०८१ २१:४२ | Thursday, November 28, 2024
अस्ट्रेलियामा अब १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने

मेलबोर्न (रासस/एएफपी)- अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन्।

सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ। ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन्।

विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको हो। अब यो कानून बन्ने निश्चित भएको छ।

प्रकाशित: १३ मंसिर २०८१ २१:४२ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast