यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय

हिमाल प्रेस १५ कार्तिक २०८१ ८:४२
8
SHARES
यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ।

काठमाडौँ- सरकारले दार्चुलाको छाङरुस्थित सीमा प्रशासन कार्यालय खारेज गरेको छ। यसैगरी सीमा प्रशासन कार्यालय पशुपतिनगर इलाम र अध्यागमन कार्यालय पशुपतिनगर इलाम खारेज गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्।

मन्त्रिपरिषद्ले अध्यागमन कार्यालय कोरोला मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला र अध्यागन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले बताए।

मन्त्रिपरिषद्को कात्तिक ८ गतेको निर्णयहरू

  • पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको परिवारलाई बढीमा पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने
  • राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा अजरबैजानको बाकुमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्षराष्ट्रहरूको २९औँ सम्मेलनअन्तर्गत ‘वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिट’ मा सहभागी हुन कात्तिक २५ देखि कात्तिक ३० सम्मको भ्रमण कार्यक्रम स्वीकृत
  • बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान
  • कात्तिक २१ देखि २७ सम्म मेक्सिकोमा दुईपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई स्वीकृति प्रदान
  • स्लोभानियासमेतका विभिन्न ११ स्थानका अवैतनिक वाणिज्यदूत/महावाणिज्यदूतहरूको पदावधि एक अवधि चार वर्षका लागि थप
  • मंसिर २५ देखि २७ सम्म फिलिपिन्सको मनिलामा हुने एसियास्तरको १६ औँ क्षेत्रीय वातावरणीय दिगो यातायात मञ्चमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान
  • कात्तिक १३ देखि १५ सम्म कतारमा आयोजना हुने ‘फेम्ली एन्ड कन्टेम्पोररी मेगाट्रेन्ड’ विषयक सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान
  • ठूलो खोला जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा रहेको राष्ट्रिय वनको ६ दशमलव ०६ हेक्टर जग्गा प्रयोग गर्ने स्वीकृति
  • जनकशिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति
  • तराई-मधेश समृद्धि कार्यक्रमअन्तर्गत आव २०८१/८२ का लागि अधिकृतस्तरका तीन अस्थायी दरबन्दी स्वीकृत
  • सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला, सीमा प्रशासन कार्यालय पशुपतिनगर इलाम र अध्यागमन कार्यालय पशुपतिनगर इलाम खारेज गर्नुका साथै अध्यागमन कार्यालय कोरोला मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला र अध्यागन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामको संगठन संरचना र दरबन्दी स्वीकृत
  • नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा. सभ्यता गौतम र विष्णुप्रसाद कँडेल मनोनीत
  • नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा कायममुकायम प्रमुख सचिव रघुराम विष्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा पदस्थापन
  • माछा खोला जलविद्युत् आयोजना निर्माणका लागि गोरखा जिल्लाको धार्चे गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४ दशमलव ९५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति
  • नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद दुई महिना थप
  • कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा स्पेनको म्याड्रिडमा आयोजना हुने ‘टुवार्ड ए लेबर इन्टरनेसनल’ को सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान
  • ‘युनाइटेड नेसन हुमन सेटलमेन्ट प्रोग्राम (युन–ह्याबिटाट) को आयोजनामा इजिप्टको कायरोमा कात्तिक १९ देखि २३ सम्म हुने कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वीकृति प्रदान
  • सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत
  • नेपाल सरकार र भारतीय एक्जिम बैंकबीच भएको ऋण सम्झौताको ‘लाइन अफ क्रेडिट’ संशोधन गरी क्रमशः ३५० मिलियन अमरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृति दिने निर्णय
  • नयाँ बुटवल लमही ४०० केभी प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माण गर्न रूपन्देही, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा करिब शून्य दशमलव २६ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति
  • नेपाल प्रहरीको जनपद समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षक किरण राणालाई बढुवा गरी प्रदेश समन्वय विभागमा र प्राविधिक स्वास्थ्य समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्राविधिक प्रहरी नायब महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगन्जमा पदस्थापन
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको आयोजना कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१र८२ का लागि अधिकृतस्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत
  • भूमि समस्या समाधान आयोगको अध्यक्षमा प्युठानका हरिप्रसाद रिजाल, उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की, सदस्यहरुमा महोत्तरीका गुञ्जबहादुर खड्का र झापाका अनिलकृष्ण प्रसाईं नियुक्त
प्रकाशित: १५ कार्तिक २०८१ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =